खुसिको खबर, रिज लाइन इनर्जी२१ लाख कित्ता आईपीओ निष्कासन गर्दै

काठमाण्डौ । रिज लाइन इनर्जी पौने २१ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता आईपीओ जारी गर्नेछ।

यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

यो कम्पनीले गोरखा जिल्लाको अजिरकोट–२ मा रहेको चेपे नदीमा सुपर चेपे हाइड्रापावर आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको क्षमता ९।०५ मेगावाट रहेको छ।

यो पनि पढ्नुहोस्
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले असोज १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ४५ हजार कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहने २० लाख ८२ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुने भएको हो ।

उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकमा सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय