काठमाण्डौ । साताको तेस्रो दिने प्रिओपन सेसनमा नेप्से करिव २ अंकले घटेर कारोबार भएको छ ।
योसँगै समग्र नेप्से २६८३ विन्दुमा झरेको छ । यो सेसनमा आज २६ कम्पनीहरुको शेयर खरिद विक्रिी भएकोमा ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आज २७ लाख हाराहारीको मात्र शेयर खरिद विक्री भएको छ भने कुमारी बैकको शेयर कारोबार सबै भन्दा धेरे भएको छ । सोमबार पनि बजार अर्धसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।
यो पनि पढ्नुहोस्
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले असोज १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने गर्न लागेको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ४५ हजार कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।
यस्तै, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहने २० लाख ८२ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुने भएको हो ।
उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकमा सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।