साताको अन्तिम दिन पनि नेप्से सामान्य अंकले बढ्यो,कारोबार रकम ८ अर्व नजिक

काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से करिव ३ अंकले बृद्धिहुँदै बजार बन्द भएको छ ।

बुधबार सतकले बढेको नेप्से आज पनि उतारचढावका विच बजार सामान्य बढेर बन्द भएको छ । योसँगै समग्र बजार २८१९ विन्दुमा पुगेको छ । आज बैकका लगानीकर्ताहरुले कमाए पनि अन्य क्षेत्रको शेयर मूल्य भने घटेको छ । नेप्सेमा सामान्य बृद्धि भए पनि कारोबार रकम हिजोको तुलनामा केहि सुधार आएको छ ।

आज सात अर्व ७२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।कारोबार भएका २२८ कम्पनीहरुमा ५६ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।

त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । फाइनान्स र बैक उप सूचक बाहेक अन्य सबै सूचक आज रातै भएका छन । सानीमा बैकको शेयर कारोबार सबै भन्दा धेरै हुँदा मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यमा सर्किट लागेको छ ।

विहिबार सुरुको केहि समय आक्रामक बढेको नेप्से निकै उतारचढाव विच सामान्य बढेको हो । मौद्रिक राष्ट बैकको मौद्रिक निति पछि शेयर बजारमा उतारचढाव आइरहेको छ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित २४ लाख ३३ हजार ३६३ कित्ता सेयर जारी गर्ने भएको हो । १०ः ३ को अनुपातमा जारी हुने सेयरमा भदौ ३१ गतेसम्म कायम कम्पनीका सेयरधनीले आवेदन दिन पाउनेछन् । असोज १ गतेदेखि बुक क्लोज भएको कम्पनीको हकप्रद सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ ।

हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले हकप्रदमा आवेदन गर्दा एनआईबीएल र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयमार्फत दिन सकिने छ ।

हाल कम्पनीको ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी हकप्रद सेयर जारी भएपछि बढेर १ अर्ब ५ करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय