मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताका लागी खुसिको खबर

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।प्रतिकित्ता ११९ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ३१७ रुपैयाँ २० पैसा कायम भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।

यो पनि पढ्नुहोस्-काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित २४ लाख ३३ हजार ३६३ कित्ता सेयर जारी गर्ने भएको हो । १०ः ३ को अनुपातमा जारी हुने सेयरमा भदौ ३१ गतेसम्म कायम कम्पनीका सेयरधनीले आवेदन दिन पाउनेछन् । असोज १ गतेदेखि बुक क्लोज भएको कम्पनीको हकप्रद सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ ।

हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले हकप्रदमा आवेदन गर्दा एनआईबीएल र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयमार्फत दिन सकिने छ ।

हाल कम्पनीको ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी हकप्रद सेयर जारी भएपछि बढेर १ अर्ब ५ करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय