एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदक सेयर निष्कासन गर्ने मिति सार्बाजनिक

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित २४ लाख ३३ हजार ३६३ कित्ता सेयर जारी गर्ने भएको हो । १०ः ३ को अनुपातमा जारी हुने सेयरमा भदौ ३१ गतेसम्म कायम कम्पनीका सेयरधनीले आवेदन दिन पाउनेछन् । असोज १ गतेदेखि बुक क्लोज भएको कम्पनीको हकप्रद सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ ।

हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले हकप्रदमा आवेदन गर्दा एनआईबीएल र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयमार्फत दिन सकिने छ ।

हाल कम्पनीको ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी हकप्रद सेयर जारी भएपछि बढेर १ अर्ब ५ करोड पुग्नेछ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – आज मात्र शेयर निष्कासन गरेको साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै मागभन्दा बढीको आवेदन परेको छ ।

कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा १.२ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो । जसमध्ये सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय