साहस ऊर्जाको शेयरमा आवेदन दिने लगानी कर्ताको ओइरो,शेयर पाउन भाग्यकै भर

काठमाण्डौ – आज मात्र शेयर निष्कासन गरेको साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै मागभन्दा बढीको आवेदन परेको छ ।

कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा १.२ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो । जसमध्ये सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्-काठमाण्डौ -साताको चौथो दिन नेप्से परिसुचक करिव १०५ अंकले बृद्धि हुँदै बजार बन्द भएको छ । योसँगै समग्र बजार २८१७ विन्दुमा पुगेको छ ।

आज दिनै भरि कारोबार भएका २१७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा अधिकांस कम्पनीहरुको शेयर खरिद मूल्य बृद्धि भएको छ । त्यस्तै आज एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य सर्किट लागेर कारोबार भएको छ भने बाँकी एक दर्जन कम्पनीहरुको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।

नेप्से बढे पनि कारोबार रकम भने तुलनात्मक रुपमा केहि घटेको देखिएको छ । आज ६ अर्व माथिको शेयर खरिद विक्री भएको छ ।

आज अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा कारोबार भएको छ । आज ७२ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ । आज विमा समूहको उपसूचक सबै भन्दा धेरै बृद्धि भएको छ भने विकास बैकको शेयर मूल्य सबै भन्दा धेरै बृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय