काठमाण्डौ -साताको चौथो दिन नेप्से परिसुचक करिव १०५ अंकले बृद्धि हुँदै बजार बन्द भएको छ । योसँगै समग्र बजार २८१७ विन्दुमा पुगेको छ ।
आज दिनै भरि कारोबार भएका २१७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा अधिकांस कम्पनीहरुको शेयर खरिद मूल्य बृद्धि भएको छ । त्यस्तै आज एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य सर्किट लागेर कारोबार भएको छ भने बाँकी एक दर्जन कम्पनीहरुको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।
नेप्से बढे पनि कारोबार रकम भने तुलनात्मक रुपमा केहि घटेको देखिएको छ । आज ६ अर्व माथिको शेयर खरिद विक्री भएको छ ।
आज अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा कारोबार भएको छ । आज ७२ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ । आज विमा समूहको उपसूचक सबै भन्दा धेरै बृद्धि भएको छ भने विकास बैकको शेयर मूल्य सबै भन्दा धेरै बृद्धि भएको छ ।
यो पनि पढ्नुहोस्-काठमाडौं । साहस ऊर्जा लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।
बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् ।
साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब पचास करोडको प्रतिशेयर एक सय अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो ।
सोअनुसार प्रतिशेयर एक सय अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।