असोज महिनाको पहिलो दिन नै सुनचाँदीको मूल्यमा पहिरो

काठमाडौं । असोज महिनाको सुरुवातमै नेपाली बजारमा सुनको मूल्यमा पहिरो गएको छ ।

महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आएको छ । आज ८९ हजार १०० रुपैयाँमा सुन कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ

यो पनि पढ्नुहोस्
कपिलवस्तु, कृष्णनगर नगरपालिका–५ पुरुषोत्तमपुरका स्थानीय गाउँमा कालोपत्रे सडक निर्माण भएपछि खुसी भएका थिए ।

तर उनीहरूको खुसी तीन महिना पनि टिकेन । दशकौँदेखि आशा गरेको विकास तीन महिना पनि नटिकेपछि स्थानीय दुःखी भएका छन् । नगरपालिकाको पुरुषोत्तमपुरदेखि बगी जोड्ने नौ सय मिटर लामो सडक निर्माणसँगै भत्किएको स्थानीय मनिष गुप्ताले बताए ।

पालिकाले ७६ लाख ९० हजार रुपैयाँको लागतमा साढे ५ मिटर चौडा सडक निर्माण गरेको थियो । निर्माण भएको सडकको दुई ठाउँमा भत्किएको छ ।

केही दिनअघि कालोपत्रे सडकमा घाँस उम्रिएको र सडक भत्किएको कुरा सामाजिक सञ्जालमा आएपछि सम्बन्धित ठेकेदारले घाँस उम्रिएको र भत्किएको सडकको पुनः मर्मत गरेको स्थानीयले जानकारी गराएका छन् ।

कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीले निर्माण कम्पनी कृति कन्स्ट्रक्सनलाई मर्मतका लागि पत्राचार गरेको बताए ।

निर्माण सम्पन्न भएको एक वर्षभित्र यदि उक्त सडक भत्किएमा पुनः निर्माणको जिम्मा सम्बन्धित ठेकेदारको नै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय