शेयर बजारमा गयो पहिरो,कारोबार रकममा भने सुधार

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से करिव ७७ अंकले घटेर समग्र बजार २८१२ विन्दुमा पुगेको छ । आज नेप्से २ दशमलव ६५ प्रतिशले घटेको छ ।

आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेर बजार पुरै रातै भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने हिजोको तुलनामा बढेर ९ अर्व माथि पुगेको छ । २२९ कम्पनीहरुको शेयर खरिद विक्रि भएकोमा मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।

आज अरुण भ्यालीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ भने जीवन वीमा समूहको उप सूचक सबै भन्दा धेरै घटेको छ । बैकले नयाँ ब्याज दर सार्वजनिक गरेको साथै १२ करोड शेयर धितो कर्जाले बजार घटेको धेरैको अनुमान छ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौं–जलविद्युत कम्पनीले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला अर्को एक जलविद्युत कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको मध्यभोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए ।

ढकालका अनुसार दसैँ अगाडि मध्यभोटेकोशीको आईपीओ निष्कासन गर्ने तयारी छ । त्यसका लागि लागि द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको छ । हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले पनि दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने बताए ।

नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय