काठमाण्डौ – प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा कारोबार सुरु भएको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा आज भने घटेको छ ।

कम्पनीको शेयर मूल्यमा करिव लगातार २ हप्ता सर्किट लागेर शेयर मुल्य ७ सय माथि पुगेको थियो तर आज बुधबार भने शेयर मूल्यमा करेक्सन भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ६९७ मा कारोबार भइहेको छ भने ४४ हजार माथिको शेयर माग रहेको छ ।

आज कम्पनीको २ लाख भन्दा धेरै कित्ताको शेयर कारोबार भएको छ । यो पनि पढ्नुोस्
काठमाडौं –साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री ख्ला गर्ने मिति तय भएको भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । साहास उर्जाले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने समयावधि थप हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here