एमाले सांसद पाण्डे र भट्टलाई नेकपा एसमा जान पाउने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले छोडेर नयाँ गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा

सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले जान सक्ने आदेश दिएको छ ।न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दुई सांसदलाई नेकपा एसमा जान सक्ने गरी अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले सनाखत गर्न भदौ ९ गते बोलाएपनि त्यस दिन आफूहरु जाँदा सनाखत गर्न नमानेको भन्दै दुई सांसद अदालत गएका थिए ।

उक्त आदेशले प्रतिनिधि सभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न अन्तरिम आदेश दिएको छ। दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरि कुनै कारबाही नगर्न सर्वोच्चले एमाले लगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो।

उनीहरू दुबैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए। सर्वोच्चले भने उनीहरू दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारही नगर्न नगराउनु भनि अन्तिम आदेश जारी गरेको हो।

‘निवेदकहरू पाण्डे र भट्टले नेकपा (एकिकृत समाजवादी) दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आवद्ध हुन

पाउने हकमा असर पर्ने गरी कुनै कामकारबाही नगर्नु नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ उक्त इजलासको आदेशमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय