बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रयासरत छ: प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन् ।

काेभिडकाे पछिल्लाे लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जाेखिममा रहेकाे वैज्ञानिकहरूले बताइरहँदा प्रधानमन्त्री देउवाकाे याे भनाइ सार्वजनिक भएकाे हाे ।

५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड-१९ को

नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताए । कोभिड-१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको उनल उल्लेख गरे ।

देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय