आज पनि बढ्यो सानिमा लाईफको शेयर मूल्य

काठमाण्डौ । निरन्तर शेयर मूल्य बढ्ने क्रममा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सोमवार पनि सर्किट लागेको छ ।

कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयर मूल्य दश प्रतिशतलको हाराहारीमा बढेको हो । करिव दुई साताको कारोबारसँग कम्पनिको शेयर मूल्य ६६१ रुपैयाँ पुगेको छ ।

लगानीकर्ताहरुले एक हजार लगानीमा ६ सय प्रशित हाराहारीमा कमाइ गर्न सफल भएका छन ।

समाचार तयार पार्दा सम्म कम्पनीको शेयरको लागि करिव २ कित्ताको माग रहेको छ भने १४० कित्ताको शेयर खरिद विक्री भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ । नेपालमा विजय दशमीमा नयाँ नोट प्रयोग गर्ने चलन छ । यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक असोज ४ गते देखि नयाँ नोट वितरण सुरु गर्ने भएको छ ।

केन्द्रिय कार्यालय तथा सम्पुर्ण प्रदेश कार्यालयबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । साथै क वर्गका बैकहरुले समेत आफ्ना ग्राहकलाई नयाँ नोट वितरण गर्ने छन । जसको लागी सबै बैकलाई नयाँ नोट पठाइसकेको बैकको भनाई छ ।

हरेक बर्ष विजया दशमीमा नयाँ नोट वितरण गर्ने बैकले गत बर्ष भने केवल सफा नोट मात्र वितरण गरेको थियो ।

कोरोना महामारीका कारण दशैमा रौनक नभएपछि गत बर्ष नयाँ नोट वितरण नगरिएको बैकले जनाएको थियो । राष्ट्र बैंक प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय