पछिल्लो समयमा मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य कति ?

काठमाण्डौ । आज पनि एक महिना पहिलादेखि शेयर बजारमा आईपीओ सार्वजनिक गरि

दोस्रो बजारमा आएको मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य अपेक्षी बढ्न सकेको छैन ।यो अवधिमा निकै न्युन कारोबार भइरहेको कम्पनीको शेयर मूल्य आज सम्ममा ५८८ मात्र पुगेको छ ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर खरिद विक्री हुन सकेको छैन भने २ लाख भन्दा धेरै खरिद माग रहेको छ ।

यो कम्पनीको शेयर केवल ३७ हजार हाराहारीले आईपीओ पाएका थिए । बजारमा सप्लाई निकै कम भएका कारण अपेक्षित कारोबार हुन सकेको छैन ।

साथै मूल्य बढ्नका लागि शेयर खरिद विक्री समेत नरिन्तर हुनु पर्ने नियमका कारण शेयर मूल्य अपेक्षा गरे अनुसार बृद्धि हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय