तेह्रथुम पावरको शेयर नजिता अझै हेर्न मिल्ने भएन,लगानीकर्ताले गरे आलोचना

काठमाण्डौ । आज शेयर बाँडफाड गरेको तेह्रथुम पावरको शेयर नतिजा अझ सम्म पनि हेर्न मिल्ने भएको छैन ।

नतिजा सार्वजनिक भएको ३ घण्टा सम्म पनि नजिता प्रकाशीत नभएपछि लगानीकर्ताले सीडीएससीको आलचोना गरेका छन ।क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो ।

भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए । आइपीओ बाँडफाँड भएपछि IPO RESULT मा नतिजा हेर्न सकिन्छ । नजिता अबको केहि घण्टामा हेर्न सकिने बन्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय