सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ?

पृथ्वीमा कतिपय वनस्पतीहरु यस्ता हुन्छन् जसले बाह्य वातावरणसँग देखिने गरी प्रतिक्रिया जनाउँदछन् ।

सूर्यमुखी यस्तै खालको एउटा वनस्पती हो, जसको फूल सूर्यतिर फर्किन्छ ।सूर्यमुखी गर्मी महिनामा फूल्दछ, जहाँ ६ घण्टाभन्दा बढी समयसम्म घाम लाग्दछ । जतिधेरै तापक्रम भयो सूर्यमुखीको फूल उति नै छिटो विकसित हुन्छ ।

जब बिहान पूर्वबाट सूर्य उदाउँछ तब सूर्यमुखी फूलको मुख पूर्वतर्फ फर्किएको हुन्छ ।

विस्तारै सूर्य पूर्वबाट पश्चिमतर्फ जाँदैगर्दा सूर्यमुखी फूल पनि त्यसैगरी आफूलाई सूर्य भएकै दिशातिर फर्काउँदै जान्छ र बेलुकी यो फूल पूर्ण रुपमा पश्चिम दिशातिर फर्किएको हुन्छ ।

तर रातको समयमा भने यसले आफ्नो दिशा बदलेर पुनः पूर्वतिर फर्किन्छ र अर्को दिन सूर्य उदाउने प्रतीक्षा गरिरहेको हुन्छ । सूर्यमूखीको नयाँ फूल पूरानो फूलको तुलनामा सूर्यको दिशामा धेरै मुखरित भएको हुन्छ ।

पूर्णरुपमा फक्रिसकेको फूल भने यस्तो प्रतिक्रिया देखाउन असमर्थ हुन्छ र सधै प्रायः पूर्वतिर नै फर्किएको हुन्छ ।

आखिर यस्तो किन हुन्छ ? सूर्यमुखी फूल सूर्यतिर फर्किनुको कारण के हो ? वैज्ञानिकहरुले सूर्यमुखी फूलको यस्तो प्रवृत्तिलाई हेलियोट्रपिजम नामाकरण गरेका छन् ।

यही प्रक्रियाका कारण सूर्यमुखीले सूर्यको दिशातिर आफ्नो मुख फर्काउँदछ ।

सन् २०१६ मा भएको एक अनुसन्धानबाट के पत्ता लाग्यो भने जुन प्रकारले मानिसको शरीरभित्र एक जैविक घडी हुन्छ, सूर्यमुखी फूलमा पनि त्यस्तै व्यवस्था हुन्छ । त्यहीँ नै हेलियोट्रपिज्म हो ।

त्यसलाई सूर्यमुखीको जैविक घडी पनि भनिन्छ । यसले सूर्यको किरणलाई पत्ता लगाउँदै फूललाई उसैतर्फ मोड्नका लागि प्रेरित गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय