के तपाँइ पनि मेरो शेयरको पासवर्ड भुलेर तनाबमा हुनुहुन्छ ?

काठमाण्डौ – मेरो शेयरले लगानि कर्ताहरुको समस्यालाई मध्य नजर गर्दै एउटा नयाँ फिचर थप गरेको छ ।

लामो समयदेखि सबै लगानि कर्ताहरुको माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ । आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ ।

शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

यसका लागि लगानीकर्ताले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् ।

यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीको भनाई छ ।

यसअघि मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा सेवा पुनः सञ्चालन गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्था थियो ।

उक्त व्यवस्थालाई सहज बनाउन सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थपेको हो । मेरो शेयरले यो फिचर थप गरेपछि मेरो शेयरका प्रयोग कर्ताहरुलाइ पासवर्ड रिसेट गर्न सहज भएको छ ।

यसको पुर्ण प्रक्रिया सहाज तरिकाले बुझ्नका लागी भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय