vसानीमा लाईफको शेयर कारबार सुरु हुने पक्का

काठमाण्डौ – गत साउनमा आइपीओ निस्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्सको शेयर सूचीकृत अर्को हप्ता मात्र हुने भएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार अर्को हप्तामा द्रोसो बजारमा कारोबार गर्ने गरी तयारी अघि बढाएको कम्पनीले जनाएको छ ।कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो ।

जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो । उक्त शेयर १० कित्ताको दरले ५ लाख ४० हजार जना आबेदकले पाउनेछन ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – सबैले लामो समयदेखि माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ ।

आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ । शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

यसका लागि लगानीकर्ताले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् ।

यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीकोa भनाई छ ।

यसअघि मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा सेवा पुनः सञ्चालन गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्था थियो ।

उक्त व्यवस्थालाई सहज बनाउन सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थपेको हो । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय