मानुषी लघुवित्तको आईपीओ बाँडफाँट,नतिजा कसरी हेर्ने ?

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ ।

सोमबार बिहान साढे ८ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो । जसमा २४ लाखभन्दा बढीले आवेदन दिएका थिए।

गोला प्रथाबाट ३६ हजार ८ सय ५९ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । तीनजनाले थप एक कित्ता सेयर पाएका छन् । माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतको रित्तो हात भएको छ ।

७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएका छन् ।

कसरी हेर्ने नतिजा ?

लगानीकर्ताले सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login , मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय