यस्तो छ मानुषी लघुवित्तको आईपीओ बाँडफाँडको अन्तिम तयारी

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओको प्रि–अलोटमेण्ट सकिएको छ । योसंगै आउँदो सोमबारसम्म बाँडफाँडको तयारी भईरहेको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टका अनुसार प्रि–अलोटमेण्ट बिहीवार सम्पन्न भएको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिए पश्चात सोमबारसम्म बाँडफाँड हुने बताइएको छ ।कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट््याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर