कति पाउला त सानिमा लाइफको आईपीओले ओपनिङ्ग रेञ्ज ? यस्तो आयो संकेत

काठमाडौं । गत शनिबार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ ।

आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १०–१० कित्ता सेयर पाएका छन् । आवेदन दिएका २४ लाख १९ हजार ८४८ मध्ये २३ लाख ८ हजार १२२ आवेदनमा योग्य ठहरिएका थिए ।

जसमा ५ लाख ४० हजारले १०–१० कित्ता सेयर पाउँदा १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि भएको थियो ।

कम्पनीले पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट ११६ रुपैयाँ ७४ पैसादेखि ३५० रुपैयाँ २२ पैसासम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा रहेको छ । नेप्सेले यसकै आधारमा अर्थात नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

सोही अनुसार कम्पनीको आईपीओले ११६ रुपैयाँ ७४ पैसादेखि ३५० रुपैयाँ २२ पैसासम्म ओपन रेञ्ज पाउने देखिएको हो ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – सबैले लामो समयदेखि माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ ।

आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ ।

शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

यसका लागि लगानीकर्ताले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् ।

यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीको भनाई छ ।

यसअघि मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा सेवा पुनः सञ्चालन गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्था थियो ।

उक्त व्यवस्थालाई सहज बनाउन सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थपेको हो । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय