मानुषी लघुवित्तको शेयर अर्को साता बाँडफाँट हुने

काठमाण्डौ – केही समयअगाडि आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त संस्थाको सेयर बाँडफाँड आउँदो हप्ता हुने भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज (बिहीबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा भदौ ७ गते बाँडफाँट गर्ने तयारी गरिएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएकोे छ ।

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो।

अन्तिम दिनसम्म यो आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा ८३.१० गुणा बढी हो। यो आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले

सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये १० कित्ता बढी आवेदन दिने भाग्यमानी ३ जनाले थप १÷१ कित्ता सेयर पाउनेछन्। यो आईपीओमा साढे २३ लाख बढी आवेदकको हात खालि हुने भएको छ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाउने भएको छ ।यही भाद्र ९ गतेबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त आईपिओमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर ९आइपीओ० लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय