फेरि अर्को कम्पनिको आइपीओ निस्कासन हुदै

काठमाण्डौ – मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया अगाडी बढाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक र सेयर रजिष्ट्रार नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मा र मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको हाे ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्नेछ । कम्पनीले अब केही दिनमा नियामक निकाय धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर