आज यी कम्पनीहरु सेयर मूल्यमा सकरात्मक सर्किट कुनको कति बढ्यो ?

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ५.७२ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक ३१६०.०५ अंको बिन्दुमा पुगेर बन्द भएको छ । आज १५ अर्ब ९३ करोड ८लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

सकरात्मक सर्किट लाग्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

आज नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिदी हाइड्रोपावर, खानी खोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज रुरु जलविद्युत परियोजनाको ९.४४ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.१७ प्रतिशत सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय