बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ खुल्यो, आईपीओ आबेदन दिन बैक नै जानु पर्ने

काठमाडौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला विभिनन बैंक, इन्स्योरेन्स कम्पनी,जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर (आईपीओ) जारी गरेका छन् ।

विभिन्न कम्पनीका आईपीओ आएकाले लगानीकर्ताको संख्या पनि दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा ४० लाख हाराहारीमा डिम्याट खाता खोलिएको छ । यसैबीच बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (साउन ३२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय