प्रि ओपन सेसनमा १० अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको द्रोसो दिने प्रि ओपन सेसनमा नेप्से करिब ११ अंकले बढेको छ ।

आईतबार २५ अंक हाराहारीमा घटेको बजार आज भने लयमा फर्किने देखिएको छ । यो सेसनमा ६० कम्पनीहरु २ करोड ८० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।

कारोबार भएका मध्य ३८ कम्पनीको शेयर बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ ।

त्यस्तै ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । करिब २ दर्जन कम्पनीहरूको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढ्दा नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं–तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । यही भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय