शेयर बजारमा कारोबारको किर्तिमानी

काठमाण्डौ – साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यद्यपी कारोबार रकमले भने अलटाइम हाइ रेकर्ड राखेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसको प्रभाव सेयर बजारमा देखिएको छ । मौद्रिक नीतिले सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरेको छ । यसको प्रभाव बजारमा देखिएको हो ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २४।८८ अंकले घटेर ३१५४।०३ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०।७८ अंकले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १।९० अंकले घटेर ५८९।२८ विन्दुमा पुगेको छ ।

यता कारोबार रकममा भने उछाल आएको छ । आज कूल २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अलटाइम हाइ रेकर्ड हो ।

यसअघि गत जेठ ३० गते आइतबार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भइ बजारमा नयाँ रेकर्ड बनेको थियो ।

आज सोहि रेकर्डलाई ब्रेक गरेर बजारमा २१ अर्ब ६४ करोडको कारोबार भएको हो । कूल १३ उपसमूहमध्ये ३ वटा मात्र कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी १० उपसमूहको सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय