मैलुङ खोला जलविद्यतुको शेयर बाँडफाँड, यसरी हेर्नुहोस नतिजा

काठमाण्डौ – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर आज विहान बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिएको हो। कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोको थियो ।

जसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको छ ।

बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पारेका छन् ।

त्यसैगरी, १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदकको हात खाली भएको छ ।

यो पनि पढ्नुहोस् काठमाण्डौ – प्राथमिक शेयर निष्कासन गरेर द्रोसो बजारमा प्रवेश गरेको मनकामना स्मार्ट लघुवित्तको शेयर अपेक्षित परिणाममा खरिद बिक्री हुन नसक्दा शेयर मूल्य बढ्न सकेको छैन् ।

सर्वसाधारणको लागि निकै न्यून कित्ता शेयर सार्वजनिक गरेका कारण शेयर खरिद बिक्री हुन नसकेको हो । यो समाचार तयार पार्दा सम्म कम्पनीको प्रति शेयर मूल्य २९६ रुपैयाँ मात्र छ । आज केवल ११ कित्ताको कारोबार भएको छ भने तीन लाख भन्दा धेरै कित्ताको माग रहेको छ ।

कम्पनीको शेयर मूल्य बढ्नका लागि दैनिक कारोबार हुनु जरुरी हुन्छ । न्यून कारोबार भएका कारण शेयर मूल्य बढ्न नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर