लगानिको नयाँ अबसर, थ्री स्टार हाइड्रोपावरले पनि आईपीओ निसकासन गर्दै

काठमाण्डौं– थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।थ्री स्टारले १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेको छ ।धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

थ्री स्टारको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौं–मैलुङ खोला जलविद्युत कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज साउन २६ गते बाँडफाँड हुने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि बिहान ९ बजे काठमाडौको नक्सालस्थित आफ्नै कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो ।कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणमा बिक्री गरिएको थियो ।

बिक्री प्रबन्धकका अनुसार उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयरको लागि आवेदन दिएका थिए ।

जुन कम्पनीले माग गरेकोभन्दा बढी हो । मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गर्ने छ ।

यससँगै आईपीओमा रितपूर्वक आवेदन दिनेमध्ये ६६ हजार ८७४ जनाले कम्पनीको सेयर हात पार्न सक्ने छन् भने बाँकी २० लाखभन्दा बढीको हात खाली हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय