जलविद्युत र फाइनान्समा लगानीकर्ता लर्को

काठमाण्डौ – साताको द्रोसो दिन सोमबार नेप्से १.४७ विन्दुले बढेर बजार बन्द भनेको छ ।

यो सँगै समग्र बजार ३१०९ बिन्दुमा पुगेको छ । नेप्सेमा खासै उत्साह नआए पनि जलविद्युत र फाइनान्समा भएको आकर्षणले कारोबार रकम भने १४ अर्ब माथि पुगेको छ ।कारोबार अवधिमा २२४ कम्पनीको शेयर खरिद बिक्री हुँदा ७९ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने १०० कम्पनीको शेयर मूल्य भने घटेको छ ।

त्यस्तै ६ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । करिब आधा दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्यमा सर्किट लाग्दा जलविद्युत र फाइनान्स समूहको उपसुचकमा चमक आएको छ ।

यो पनि पढ्नुहोस् काठमाण्डौ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि दोस्रो बजारमा प्रवेश गरेको छ । तीन दिन अघिनै कारोबार सुरु हुनु पर्ने भएपनि स्पेशल प्रिओपन सेसनमा विक्री गर्ने कोहि नभएका कारण शेयर दोस्रो

कम्पनीले न्यून संख्यामा शेयर जारी गरेका कारण यसबीचका दुई दिनमा स्पेशल प्रि ओपन सेसन सोमबार कारोबारमा म्याच हुन नसकेपछि कारोबार हुन सकेको थिएन ।

स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र नियमित समयमा सम्बन्धीत कम्पपनीको कारोबार खुल्ने प्रावधान छ । सोही कारणल बुधबार आएर मात्र स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि नियमित कारोबारमा आएको हो ।

बुधबार कम्पनीको १० कित्ता शेयर २९६।७० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय