प्रिओपन सेसन – करिब छ अंकले बढ्यो नेप्से

काठमाण्डौ – प्रि ओपन सेसनमा करिब ६ अंकले नेप्से बढेको छ ।ससाताको दोस्रो दिन ७८ कम्पनीहरूको १ करोड ७८ लाख भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार भएका मध्य ३८ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ ।करिब एक दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढ्दा बित्त र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यो पनि पढ्नुहोस् काठमाण्डौ – कुनै दिन प्रति शेयर मूल्य २८ सय माथि पुगेको चन्द्रागिरी हिल्सको यो वर्ष पनि घाटा बढेको छ ।

कम्पनीले भर्खर प्रशासित गरेको विवरणमा घाटा बढेको देखाएको छ । विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी र खुद नाफा दुबै घटेको छ।

कम्पनीले सो अवधिसम्ममा २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी १० करोड ६६ लाख रुपैयाँ थियो।

कोभिड १९ का कारण कम्पनीको सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी बढ्न पुगेको हो। मार्च महिनामा कम भएको कोभिड १९ को प्रभाव अघिल्लो त्रैमासमा कम्पनीले आर्थिक सुचकमा केही सकारात्मक सुधारहरु महसुस गर्दै गर्दा एकाएक बढ्न गएको महामारीले पुनः नकारात्मक सुचकांकको सामना गर्नु परेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय