सानिमा लाइफको आइपिओ माग भन्दा ५.५५ गुणा बढी पर्यो आवेदन। शेयर पर्ने सम्भावन न्युन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ माग भन्दा ५.५५ गुणा बढी आवेदन परेको छ ।

साउन २० गतेबाट निष्काशन भएको आइपीओमा ५.५५ गुणा बढी आवेदन परेको हो । आइपीओमा साढे ३ बजेसम्म १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारणले २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रुपैयाँको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ताको लागि आवेदन परेको छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।कम्पनीले ६० लाख कित्ता सेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई ५ प्रतिशत

तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको छ । यसमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

आवेदन दिने सयम २४ गतेसम्म रहेको छ । लगानीकर्ताले मेरो सेयर तथा सी आवस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय