काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज (बुधबार) देखि निष्कासन भएको छ।
कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्दै भएको हो। कम्पनीले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो। कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीलाई र ५ प्रतिशत
सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागेको हो।
आईपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।
यो आईपीओ विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरोसेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सकिने जनाएइको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ। जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो।