लद्युवित्तमा लगानीकर्ताको आकर्षण कायम, प्रिओपन सेसनमा ९ अंकले बढ्यो बजार,

काठमाण्डौ – साताको तेस्रो दिन नेप्से ९ अंकले बढर प्रिओन सेसन बन्द भएको छ ।

६९ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ४ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।स्वलम्भी लद्युवित्तको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा एक करोड ३४ लाख भन्दा धेरैको कोरोबार भएको छ ।

साथै यो सेसनमा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशतको हाराहारीमा बृद्धि भएको छ ।सोमबार जस्तै आज पनि लद्युवित्तको शेयरमा लगानीकर्ता झुम्मिएको देखिएको छ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – सोमबार दिँउसो देखि देखिएको मेरो शेयरको समस्या आज भने समाधान भएको छ ।

डाटा सर्भर भएको ठाँउमा विद्युत आपुर्तिमा समस्या भएका कारण लगइनमा समस्या आएको थियो । सिटिएससिले अहिले समस्या समाधान भइसकेको जनाएको छ । साथै हिजो अन्तिम दिन आइपीओ भर्ने मिति रहेको कम्पनीको शेयर भर्ने समय आज सम्मको लागि थप गरिएको जनाएको छ ।

साथै शेयर विक्रि गरेर हिजो इडिएस गर्नु पर्नेहरुको लागि पनि आजको समय थप गरिएको छ । पछिल्लो समय मेरो शेयर देखिन समस्यामा केहि कमि आए पनि पुर्ण रुपमा समाधन भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर