काठमाण्डौ – साताको दोस्रो दिन नेप्से ४ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३०८५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

आज कारोबार अबधि भरीमा १० अर्व ९८ करोड बराबरको कारोबार भएको छ । २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ८६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

अरुण कावेली जलविद्युतको सबै भन्दा धेरै कारोबार हुँदा वीमा समूहका शेयर उपसूचकहरु नराम्रोसँग घटेका छन । लद्युवित्तको उपसूचक भने बढेको छ ।

यो पनि पढ्नुहोस्

काठमाण्डौ – साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव ७ अंकले बढेको छ ।

६८ कम्पनीहरुको एक करोड १६ लाख भन्दा धेरैको कारोबार हुँदा ४६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । त्यस्तै ५ कम्नपीहरुको शेयर मूल्य भने घटेको छ ।

आज देखि दोस्रो बजारमा प्रवेश गरेका युनियन लाईफ इन्स्योरेन्सको स्पेशल प्रिओपन सेसनमा २० कित्ताको कारोबार भएको छ । कम्पनीको शेयर ३ सय ४२ रुपैयाँमा पहिलो कारोबार भएको छ ।

त्यस्तै आजनै दोस्रो बजारमा प्रवेश गरेको मनकामना स्मार्ट लद्युवित्तको भने दोस्रो बजारमा कारोबार हुन सकेन ।

स्पेशल प्रिओपन सेसनमा शेयर खरिद विक्री हुन नसकेपछि यसको दोस्रो बजारमा कारोबार नभएको हो । भोली फेरी यहि सेसनमा यसको प्रिओपन हुने छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here