मैलुङखोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ – मैलुङखोला जलविद्युतको आईपीओ भने आज अन्तिम दिन रहेको छ ।

यस अघिनै माग भन्दा धेरैको आवेदन परिसकेको कम्पनीको शेयरमा आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ ।कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ। यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो ।

यो कम्पनीको आईपीओमा पनि सर्वसाधारणले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । किनकि यसअघिको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो । यसमा झन्डै २१ लाख आवेदकबाट सेयर माग भएको थियो।

यो हिसाबले मैलुङ खोलाको आईपीओमा पनि २१ लाख बढी नै आवेदन पर्ने देखिन्छ। जसअनुसार यो आईपीओ गोलाप्रथाबाट १०÷१० कित्ताका दरले बाँडफाँड हुने देखिन्छ।

यो पाईपीओमा सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्तामा मात्र आवेदन दिन पाउने हुँदा ६८ हजार ४७४ आवेदकले १० कित्ताका दरले र तिनै आवेदनकमध्ये १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ६ आवेदकले थप १÷१ कित्ता पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय