मैलुङ खोला जलविद्युतको आईपीओ आवेदन अन्तिम चरणमा, कतै तपाँई छुट्नु त भएन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने भोलि सोमबार अन्तिम दिन रहेको छ ।

कम्पनीले बिक्री खुला गरेको ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीमा भोलिसम्म आवेदन दिन सकिने छ ।कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा न्युनतमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस् लगानीको अवसर – अर्को नयाँ जलविद्युत् कम्पनीको आइपीओ आउने पक्का

काठमाडौं – श्रावण महिना आइपीओ को महिना भनेर समेत चर्चा भइरहेको छ । यो महिना मात्र ३ कम्पनीले शेयर निश्काशन गर्ने पक्का भएको छ भने अन्य आधा दर्जन कम्पनीले शेयर निष्काशनको लागि अनुमति पाएका छन् ।

यसै बीच सुपरमाई हाइड्रोपावर कम्पनीले भदौ ५ गते साधारण सभाबाट आइपीओ निष्कासन गर्ने पक्का गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ११.५०% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । यस्तै, आइपीओ निष्कासन गर्ने एजेन्डामा पनि छलफल हुनेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । अन्य यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीले हाल इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय