म आफै बेचिएरै भएनी आमालाइ बचाउथे..लाखौं भग्वान भाकल गर्दानी भएन.

महेन्द्र कौशल
आँसु भन्ने चिज त्यत्तिकै आउदैन, मनमा चोट,पिडा र जिवनमा दुखको महसुस हुन्छ त त्यो बेला मान्छे धर्किएर आशुको बह पोख्द छ।

हरेक मान्छेले परिवारको खुसिको लागि हरेक दुख झेलि रहेको हुन्छ। दुख गर्दा गर्दै पनि सुखको महसुस नगरे पछि भगवानलाइ भाकल गर्ने गर्छन। त्यस्तै यो परिवारले पनी निकै ठुलो बज्रापात खेपिरहेको छ।

गुल्मी जिल्ला ईस्मा गाउँपालिका वाड नम्बर २ रातडाडाकी जुमा देबी नेपालीको जिन्दगी अहिले निकै अफ्ट्यारो र कष्टकर भएको छ।

अभागी खप्पर सुखको दिन आउला आउला भन्दा भन्दै जिवनको अन्तिम दिन आउला तर सुखको दिन कहिले आएन। एक रोग त जाबो दिनमा क्षितिज नियालेर र रात कहराएरै बिताउने थिए, तर भग्वाले पनी हेला गरे जस्तै सहनै नसकिने पिडा दिएर खानु न ओकल्नु भएको छ।

करिब ५० बर्षकी जुमा पहिले स्तन क्यानसर र अहिले बोनम्यारो क्यानसरको कारण भारतको एक हस्पीटलमा मृत्यु संग लडिरहेकी छिन्।

आफ्नै देशमा भएत बरु उपचार गर्न नसकेनि ऎचोपैचो गरेरै भए पनी टार्न सकिन्थ्यो। सन्चो हुने अधुरो सपना बोकेर भारतमा पुगे देखि चन्द्रविलाप परेको यो कथा निकै कहालीलाग्दो छ। उपचार गर्दा गदै उपचार गर्ने पैसा सिधिए पछी अहिले आफ्नो आमा बचाई दिन छोरीले सारा नेपाली संग गुहार मागी रहेकी छिन।

छोरी भन्छीन नौ नौ महिना सम्म पेटमा राख्यौ हुकायौ आज त्यो छोरीले आमालाई दिन केहि सकिन। किन भने म संग पैसा छैन। कहाँ बाट पैसा लिएर आमा तपाईलाई बचाउ भन्दै कार्यक्रम सङ्घर्सको कथामा धेरै रोएकि छन।

यता श्रीमान रुदै भन्छन श्रीमतीलाई उपचार गर्दा गर्दै सम्पत्ती सकिन लाग्यो। अहिले नत श्रीमती रहने नत सम्पत्ती रहने हुन्छकी भन्ने भएको छु, मलाई सबैले सहयोग गरिदिनुहोला भनेर हात जोडिरहेका छन।

दर्शकहरु हामी नेपालीहरु एकलाई पर्दा अर्कोले सहयोग गर्दै आएका छौ आउनु होस यो जुमा देबी नेपालीलाई पनी बचाउन कोसीस गरौँ। गरिब दुखिकोकै लागी खटिरहने संचारकर्मी दिपक नेपालीले सोहि परिवारको दुख सबै नेपाली मनहरु समक्ष साट्टिदिने कोसिस गर्नुभएको छ। सोहि भिडियो मन सम्हालेर हेर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय