३ कम्पनीहरु एकै पटक आईपीओ निष्कासन गर्ने तयारिमा

काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ ।

बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेको थियो ।

सेबोनले श्रावण ११ गते अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो ।

\कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि नै प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय