शेयर बजारमा लगानि कर्ताको आक्रसण बढ्यो, आइपीओ खुलेको पहिलो दिनमै ५ लाख बढि पर्यो आवेदन

काठमाण्डौ – आज देखि बिक्रीमा आएको मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीकाे आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – यो महिना मात्र ३ भन्दा धेरै कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दै छन् । त्यति मात्र होइन धेरै कम्पनी यसको प्रक्रियामा पनि छन् ।

यसै बीच इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असार १७ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

कम्पनीले यसअघि नै निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।­_ आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय