आक्रामक बन्दै अर्थ मन्त्रालय- नेप्से प्रमुखसँग पनि सोध्यो स्पष्टीकरण

काठमाडौं – अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हाे अर्थमन्त्रालयले साउदले श्रीमतिको नाममा शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो। ‘

विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ नेप्सेसग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन आदेश अनुसार अनुरोध गरिन्छ,’ अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षसँग पनि यस्तै प्रकृतिको स्पष्टीकण सोधेको

यो पनि पढ्नुहोस्
काठमाण्डौ – यो महिना मात्र ३ भन्दा धेरै कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दै छन् । त्यति मात्र होइन धेरै कम्पनी यसको प्रक्रियामा पनि छन् ।

यसै बीच इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असार १७ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

कम्पनीले यसअघि नै निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।­_ आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय