आईपिओमा आबेदन दिनेहरुको लर्को, मैलुङ खोलाको आईपीओमा पहिलो दिनमै ५ लाख बढीले दिए  आवेदन

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा ५ लाख ८ हजार ७८२ जनाको आवेदन परेको छ ।

बिक्री खुला भएको पहिलो दिनमै उक्त आईपीओमा ७१ लाख ६४ हजार ३३० कित्ताका लागि आवेदन परेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओ ७१ करोड ६४ लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा न्युनतमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – जीवन विकास लद्युवित्तको शेयर आजबाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।

कम्पनीको शेयर बुधवार नेप्सेमा सूचिकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो । कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JBLB सिम्बोल पाएको छ । उच्च रेन्जमा कारोबार भयो भने यो कम्पनीका शेयरधनीले एकै दिन ८ सय प्रतिशत कमाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय