बढ्यो ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । बुधवार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

उक्त दिन कम्पनीको सेयर मूल्य २.०३ प्रतिशतले वृद्धि भएको हो । साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले वृद्धि भई ८०६ रुपैयाँ पुगेको छ ।

उक्त दिन कम्पनीको २ करोड २२ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कम्पनीको २७ हजार ८४९ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ

यो पनि पढ्नुहोस्
काठमाण्डौ । बुधबार नेप्से १५ अंकले बढेर ३०९४ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेको छ । २१९ कम्पनीहरुको १३ अर्व २९ करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य १०९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ ।

नारायणी विकास बैक लगायत तीन कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा पन्च कन्या माई जलविद्युतको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।

जीवन वीमाहरुको उपसूचक सबै भन्दा धेरै बृद्धिहुँदा युनाइटेड मोदिको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय