शेयर बजारका लगानिकर्ताहरुका लागी उर्को खुसिको खबर

काठमाण्डौ– नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले डेढ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने भएको छ ।

सर्वसाधारणका लागि कम्पनीले १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश्वरलाल श्रेष्ठले बताए । नागरिक स्टक डिलरको हाल चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ । डिलरको आईपीओ निष्कासनपछि चुक्तापुँजी ५ अर्बको हुनेछ ।

कर्मचारी र सामूहिक लगानीकर्ताका लागि केही प्रतिशत सेयर छुट्याइने कम्पनीले जनाएको छ । नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत लगानी रहेको छ ।

३० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।
चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको सिईओ श्रेष्ठले बताए ।

‘आईपीओ जारी गर्नका लागि आवश्यक नीति बनाउने काम भइरहेको छ’, सीईओ श्रेष्ठले भने, ‘आईपीओ निष्कासनका लागि कम्पनीले सोहीअनुसार नतिजा र प्रदर्शन देखाउन पनि आवश्यक हुन्छ, त्यसका लागि हामीले भरपूर मेहनत गरिरहेका छौँ ।’

नागरिक स्टक डिलरले सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने र बजारको स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बजारको स्थायित्वका लागि नागरिक स्टक डिलरले काम गरिरहेको सीईओ श्रेष्ठको दाबी छ । नागरिक स्टक डिलरले आमलगानीकर्तालाई ब्रोकरेज सुविधा पनि दिने विषयमा पनि सोचिरहेको सीईओ श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ –मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोपावरले विशेष साधारण सभा डाकेको छ ।

हाइड्रोपावरले साउन २७ गते आफ्नो रजिष्टर्ड कार्यालय, सिनामंगल काठमाडौँमा अपरान्ह ४ बजे शुरु हुनेछ ।

सभाले शेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने, मन्दाकिनी हाइड्रोपावरले एक्सेलिङ्ग इन्भेष्टमेन्ट तथा नेपाल गोर्खा रिर्सोसेजलाई गाभेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएको

हुनाले प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय