निफ्राको २ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री : , कति छ मूल्य ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफा्र) को सेयर मूल्य सामान्य वृद्धि भएको छ ।

मंगलबार कम्पनीको सेयर मूल्य शून्य दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता साढे ४ रुपैयाँले वृद्धि भई ४९२ रुपैयाँ पुगेको छ । आज निफ्राको १४ करोड २७ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कम्पनीको २ लाख ९३ हजार ९६ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय