साउन १४ गते आउने आइपीओ ,कस्ले र कसरी दिन दिने आवेदन ?

काठमाण्डौ – नेपालमा शेयर बजारमा लगानि गर्न चाहाने लगारनिजर्ताहरुको संख्या बढ्दै गएको छ ।

यसै बीच एक जलविद्युत कम्पनीको आइपीओ आउने पक्का भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

निष्कासन गरिने कूल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आइपीओ को आवेदन श्रावण २८ गते सम्म दिन सकेन छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय