कान्तिपुर मिडिया आईपीओ निस्कासनको तयारिमा

काठमाडौं– नेपालको अग्रणी सञ्चार गृह कान्तिपुर पव्लिकेशन पब्लिक कम्पनी हुने भएको छ ।

कान्तिपुर दैनिक, दी काठमाडौ पोष्ट लगायतका सञ्चार माध्यम सञ्चालन गरेको कान्तिपुर निजीबाट पव्लिक कम्पनीमा जान लागेको हो । कैलाश सिरोहियाको लगानी रहेको कान्तिपुर मिडिया ग्रुप प्राइभेटबाट पव्लिक कम्पनी बनेको छ ।

कान्तिपुरले पव्लिक कम्पनी भएको औपचारिक रुपमा सार्वजनिक नगरे पनि कानुनी प्रक्रियामा पव्लिक कम्पनी बनेर आन्तरिक रुपमा कर्मचारीलाई समेत यो जानकारी गराइसकेको छ ।

निजी कम्पनीलाई पव्लिक कम्पनी बनाएकाले सर्वसाधारणका लागि पनि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

कान्तिपुरले धितोपत्र सम्बन्धी कानुन बमोजिम धितोपत्र बोर्ड समक्ष निवेदन दिएर कम्पनीको विवरणपत्र सार्वजनिक गर्दै आईपीओ निष्कासन गर्न सक्छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्नका लागि पनि पव्लिक कम्पनीमा लगेको अनुमान गरिएको छ ।

लगानीकर्ताको यही गुनासोलाई नेपाल धितोपत्र बोर्डले अब भने समाधान गर्ने भएको छ । विगत देखिनै चर्चा चलिरहेको बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियामा बोर्ड पुगेको छ ।

बैंक र केही पब्लिक कम्पनीहरुलाई समेत लाइसेन्स दिने गरी तयारी भइरहेको छ । आवेदन खुल्ला पछि कम्पनी हेरेर ५० जति नयाँ ब्रोकर लाइसेन्स दिने तयारीमा बोर्ड रहेको छ ।

यसरी बैंकलाई लाइसेन्स दिँदा अहिले ब्रोकर पुग्न नसकेका ठाउँमा पनि शेयर खरिद बिक्रीका पहुंच पुग्ने छ जसले गर्दा शेयरमा सर्वसाधारणहरु पहुंच वृद्धि हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर