कांग्रेसको सरकारविरुद्ध देशभर आगो बाल्ने एमाले नेताको धम्की

काठमाडौं – प्रतिनिधिसभा सांसद तथा नेकपा एमालेका नेता महेश बस्नेतले एमाले पार्टी फुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएमा देशभर आगो बाल्ने धम्की दिएका छन् ।

आज शनिवार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले अध्यादेशको प्रतिरोध गर्ने बताए ।

२०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सहज हुने गरी जारी गरेको अध्यादेश एमालेलाई बलियो बनाउन ल्याइएको समेत बस्नेतले बताएका छन् ।

‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याइरहँदा हाम्रा पार्टीका माधव नेपाल र तत्कालीन नेकपाका नेता प्रचण्डलाई उचालेर त्यो अध्यादेशलाई फेल गराउने र सदनमा अध्यादेशविरुद्ध निकै चर्का र लोकतान्त्रिक भाषा बोल्ने कांग्रेसले अहिले अध्यादेश ल्यायो भने हामी त्यसको प्रतिरोध गर्नेछौं,’ बस्नेतले भनेका छन् ।

बस्नेतले एमालेका २२ जना सांसदले मन्त्रीको लोभ, ठूल्ठूला आश्वासन, फ्ल्याटदेखि घडेरीसम्मको लोभमा देउवालाई साथ दिएको आरोप समेत उनले लगाएका छन् ।

बस्नेतले देउवालाई भोट हाल्न अदालतले ह्वीप नलाग्ने फैसला सुनाएको बताउँदै अब मन्त्री कसरी खानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय