लगानीको नयाँ अबसर, साउन १४ देखी नयाँ आइपिओ आउँदै

काठमाण्डौ – नेपालमा धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् ।

यसै बीच एक जलविद्युत कम्पनीको आइपीओ आउने पक्का भएको छ  ।मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

निष्कासन गरिने कूल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ,

भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आइपीओ को आवेदन श्रावण २८ गते सम्म दिन सकेन छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

यो पनि पढ्नुहोस् काठमाडौं । आजदेखि हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ निर्धारण गरि ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज थियो ।

त्यसकारण जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

योग्य आवेदकहरुले साउन २५ गतेसम्म आफ्नो हक बमोजिममको सेयर खरीदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय