आजदेखि आईपीओमा आवेदन खुल्यो,कति कित्ता दिने आवेदन

काठमाण्डौं – नेपालमा पछिल्लो समय शेयर बजार सुस्ताए पनि प्राथमिक शेयर बजार भने तातिरहेको छ ।

बुधबार मात्र आइपीओ बाँडफाँडको रौनक ल्याएकोमा आज देखि युनियन लाईफ इन्स्योरेन्सले आइपीओ निष्कासनले सबैलाई उत्साहित बनाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ आज देखि सार्वजनिक हुँदै छ ।

कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो कम्पनीको शेयरमा पनि केवल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय